समाज

डेजाभूका सञ्चालक श्रेष्ठ विमानस्थलबाट पक्राउ

काठमाडौं - काठमाडौंको दरबारमार्गस्थित क्लब डेजाभूका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्। इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि श्रेष्ठको खोजी प्रहरीले तीब्र रुपमा गरिहेका थियाे। साेही उनी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसरका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीका अनुसार फरार रहेका श्रेष्ठ हङकङबाट नेपाल आउने क्रममा विमानस्थलमा पक्राउ परेका हुन् ।

उनले भने, 'पक्राउ परेका श्रेष्ठविरुद्ध परिसरमा बैंकिङ कसुर र ठगीको मुद्दा दर्ता रहेको छ। श्रेष्ठले डेजाभूको अध्यक्ष हुँदा कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट दुई करोड ऋण लिएका थिए तर फिर्ता नगरी सम्पर्कविहिन भएका थिए।'

विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले दुई करोडको चेक दिए पनि बैंकमा रकम थिएन । श्रेष्ठको अन्तराष्ट्रिय स्तरमा खोजतलासको लागि ०७५ माघ १५ गते डिफ्युजन नोटिस जारी भएको थियो। परिसरका अनुसार श्रेष्ठविरुद्ध ०७५ पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो ।

प्रकाशित: १४ श्रावण २०७६ ०६:०७ मंगलबार

क्लब_डेजाभू मनोज_श्रेष्ठ पक्राउ