समाज

'प्रतिक्रियावादीहरु गणतन्त्र उल्ट्याउन लागे, नेपाल नै बर्बाद हुने खतरा छ'

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरु गणतन्त्र उल्ट्याउने खेलमा लागेको बताएका छन्। सोमबार बिहान नेत्रबिक्रम चन्द विप्लव समूहका नेता कार्यकर्ता नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्।

‘वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेका छन्’ प्रचण्डले भने  ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ।’ जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्छ।’ ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धीमा टेकेर अगाडि जाने भनेर आएको हो।’

उनले क्रान्ति दुई चार जनाको रहरले हुने कुरा नभएको बताए। प्रचण्डले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने बताए। समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन्। 

आफुलाई हेग लगे विश्वकै हिरो हुने भन्दै प्रचण्डले भने ‘मलाई लाग्छ हेगमा मलाई लगेर हिरो बनाउन चाँहदैनन्।’ आफुलाई हेग लैजाने कुरा विश्वास नलागेको उनको भनाई थियो।

नेकपामा प्रवेश गर्ने सो समुहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरेलगायतका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए।

प्रकाशित: १३ श्रावण २०७६ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App