समाज

विषादी परीक्षण केन्द्रको अनुगमन समितिले गर्ने

काठमाडौं– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विषादी परीक्षण केन्द्रको अनुगमन गर्ने भएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले काठमाण्डौको कालिमाटीस्थित केन्द्रीय विषादी परीक्षण केन्द्र र बबरमहल स्थित खाद्य परीक्षण केन्द्रको अनुगमन गर्ने निर्णय गरेको हो। बैठकले समिति सदस्य मुकुन्द न्यौपानेलाई अनुगमन टोलीको संयोजक पनि तोकेको छ। अनुगमन टोलीको प्रतिवेदन आएपछि सम्बन्धीत मन्त्री र सचिवलाई बोलाएर छलफल गरि सरकारलाई आवश्यक निर्देशन दिने सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए।

काठमाडौं उपत्यकाको कालीमाटी बाहेक मुलुकका प्रमुख नाकालगायत स्थानमा विषदी परीक्षणका लागि आवश्यक प्रविधि तथा उपकरण नभएको कारण देखाउँदै आयातित खाद्य सामाग्रीको विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट सरकार पछि हटेपछि यो विषयले चर्चा पाउँदै आएको छ।

यस सम्बन्धमा सर्वोच्च अदालतले पनि विषादी परीक्षण गर्ने निर्णयलाई यथावत राख्दै विषादी हेरेर मात्रै ल्याउन आदेश गरेपछि पुन परीक्षणको काम सुरु गर्न थालिएको छ।

प्रकाशित: १२ श्रावण २०७६ १३:१५ आइतबार

विषादी_परीक्षण अनुगमन उद्योग_तथा_वाणिज्य_र_श्रम_तथा_उपभोक्ता_हित_समिति