समाज

रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

रसुवा– अविरल वर्षाका कारण आएको पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ। पासाङ ल्हामु मार्गको कालिकास्थान–धुन्चे सडक खण्डको मूलखर्क र स्याफ्रु–रसुवागढी सडक खण्डको लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो।

सडक खण्डमा पहिरो तथा ढुङ्गा झरेको छ। अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। सडक अवरुद्ध भएपछि दर्जनौ सवारीसाधन बीचमै रोकिएका छन्।

प्रकाशित: ११ श्रावण २०७६ ०५:५५ शनिबार

रसुवागढी सडक अवरुद्ध