समाज

बाढीले बगाउँदा एक जनाको मृत्यु

इटहरी– वर्षाले गर्दा खोलामा आएको बाढीले बगाउँदा शुक्रबार दिउँसो सुनसरीमा एक जनाको मृत्यु भएको छ। सुनसरी खोलामा आएको बाढीले बगाउँदा भोक्राहा–नरसिंह वडा नं. ८ का ३० वर्षीय राजकुमार मेहताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, हरिनगरको भूटाहा बजारमा लाग्ने साप्ताहिक बजारमा घरायसी सामान किनमेलका लागि गएका बेला सुनसरी खोलामा बढेको बाढीले मेहतालाईं बगाएको हो। बाढीले बगाउँदा सिसुवा भूटाहा सडकको सिसुवादेखि २०० मिटर पूर्व उनलाईं मृत अवस्थामा भेटाएको डिएसपी ज्ञानेन्द्र फूयालले बताए। 

बाढीले गर्दा दुई सातायता सुनसरीमा तीन जनाको मृत्यु भइ सकेको छ। एक जनाको शव अझैसम्म फेला पर्न सकेको छैन।

यसअघि असार अन्तिम साता हरिनगर वडा नं. २ को सिसुवा–धरमपुर क्षेत्रको नहरको डिलमा खेलीरहेका बेला पानीको सतह एक्कासी बढेर बगाउँदा स्थानीय अकबर मियाँका १२ वर्षीय छोरा तोसिप मियाँको मृत्यु भएको थियो। असार अन्तिम साता नै उदयपुर घर भई इटहरी वडा नं. ५ मा ग्रील फ्याट्रीमा काम गर्दै आएका ३४ वर्षीय सागर थापा शव फेला परेको थियो। 

वर्षाले गर्दा खोलामा बढेको पानीले असार अन्तिमदेखि बगाएर वेपत्ता भएका सुनसरी बराहक्षेत्र वडा नं. १ का टंकबहादुर राईंका छोरा १० वर्षीय अर्पण राईं अहिलेसम्म शव फेला पर्न सकेको छैन। 

प्रकाशित: १० श्रावण २०७६ १५:४९ शुक्रबार

बाढी सुनसरी मृत्यु सुनसरी_खोला