समाज

बोक्सीको आरोपमा महिला कुट्ने फरार अभियुक्त पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले बोक्सी आरोपमा जिल्ला अदालत सुर्खेतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ। 

लेकवेशी नगरपालिकाको नेटाका होमबहादुर चपाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय मनकली चपाईलाई बोक्सीको आरोप लगाएर होमबहादुरसहितले तीन वर्षअघि कुटपिट गरेका थिए। 

जिल्ला अदालतले २०७५ मंसिर १३ गते होमबहादुरसहितलाई दुई महिना १० दिनको कैद सजाय सुनाएको थियो।

प्रकाशित: १० श्रावण २०७६ १५:४४ शुक्रबार

पक्राउ फरार_अभियुक्त सुर्खेत बोक्सी