समाज

स्कुलबाट फर्कदै गरेका बालक डुबेर मृत्यु

इटहरी– स्कुलबाट फर्कंदै गर्दा पानी जमेको गहिरो खेतमा डुब्दा सुनसरी देवानगञ्जका एक बालकको बिहीबार दिउँसो मृत्यु भएको छ।

देवानगञ्ज वडा नं. ५ का जयकृष्ण पालका आठ वर्षीय छोरा प्रितेसको साहेवगञ्ज नहरको छेउमा गहिरो खेतमा जमेको पानीमा लडेर पस्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, उनी लिटिल गार्डेन बोडिङ् स्कुलबाट घर फर्कने क्रममा छेउको डिलमा हिँडिरहेका बेला लडेर खेतमा पुगेका हुन्। खेत गहिरो भएकाले गर्दा उनी डुब्न पुगेका हुन्। उनी कक्षा एलकेजीमा अध्ययनरत विद्यार्थी हुन्।

प्रकाशित: ९ श्रावण २०७६ १३:५३ बिहीबार

स्कुल मृत्यु