समाज

ओढारबाट १६ किलो सुन बरामद

फाइल तस्बिर/नागरिक

काठमाडौं - गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेकाे हाे।

उक्त सुन कसले राख्यो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। उक्त सुन तस्करीको सुन हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: ९ श्रावण २०७६ ०६:५९ बिहीबार

सुन तस्करी बरामद