समाज

खनाल उत्कृष्ट प्रहरी

पाँचथर– जिल्ला प्रहरी कार्यालय पाँचथरले प्रहरी सहायक निरिक्षक दुर्गा खनाललाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। कार्यालयको अपराध अनुसन्धान शाखामा कार्यारत खनालले अनुसन्धानमा महत्पूर्ण काम गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको हो।

अपराध अनुसन्धान शाखामा कार्यरत खनालले हिलिहाङ गाँउपालिका–६ सिट्टेमा माईक्रो फाईनान्समा काम गर्ने युवतीको हत्यामा संलग्नको पहिचान तथा पक्राउ गर्नका लागि उत्कृष्ट अनुसान्धान गरेको तथा अन्य कामहरुको जिम्मेवार पूर्ण तरिकाले सम्पन्न गरेको भन्दै उनलाई यस्तो घोषणा गरेको हो। हिलिहाङ घटनामा अपराध भएको ४८ घण्टामा अपराधी पहिचान गरी प्रक्राउ गर्न प्रहरी सफल भएको थियो। 

प्रकाशित: ८ श्रावण २०७६ १२:५४ बुधबार

पाँचथर उत्कृष्ट_प्रहरी_घोषणा