समाज

बाल यौनदुराचारको आरोपमा अस्ट्रेलियन नागरिक पक्राउ

काठमाडौं– दुई बालकहरुलाई यौन दुराचार गरेकोको आरोपमा प्रहरीले पोखराबाट अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेडलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टिमले डिहिको पाटनस्थित अल्फ्रेड बस्दैआएकाे कोठाबाटै उनलाई पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता दीपक रेग्मीका अनुसार १४ र १५ वर्षका दुई बालकलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। 'उनीमाथि थप अनुसन्धान भइरहेको छ।' रेग्मीले भने।

६३ वर्षे अल्फ्रेड प्याराग्लाइडर हुन। उनको पोखरामा आफ्नै प्याराग्लाइडिङ् कम्पनीसमेत रहेको छ। उनी पोखरामा ३ वर्ष यता बस्दै आएका छन्।

प्रकाशित: ७ श्रावण २०७६ १२:२१ मंगलबार

यौन_दुराचार अस्ट्रेलियन_नागरिक पक्राउ