समाज

१८ चक्के भारतीय कन्टेनरले हटौंडामा ७ वटा सवारीलाई ठक्कर दिएपछि...

हेटाैंडा- पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले किचेर दुई जनाको मृत्यु भएकोे छ। मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सो दुर्घटनामा अन्य पाँच घाइते भएका छन्। कन्टेनरले ना१ज ७७८६ नं सुमो, बा६६प ६२१३ नंको मोटससाइकल र ना१ह ८८२४ नंको अटोलाई थिचेको थियो भने ना५ख ५११३ र ना४ख ३१४१ नंको बस, को१च २२६७ नंको कुखुरा बोक्ने गाडी र भे१क ६३१ नंको ट्रकलाई ठक्कर दिएको थियो।

पूर्वपश्चिम राजमार्गमा सोमबार राति ११ बजे बिग्रिएको एनएलओआइडी ८०३१ नंको मालवाहक १८ चक्के भारतीय नं प्लेटको उक्त कन्टेनरलाई क्रेनको सहायताले हेटौँडातर्फ ल्याउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको थियो।

प्रकाशित: ७ श्रावण २०७६ ११:४३ मंगलबार

पूर्व_पश्चिम_लोकमार्ग भारतीय_कन्टेनर ठक्कर