समाज

३५ सय घुससहित असई पक्राउ

बुटवल– अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलको टोलीले घुस सहित एक जना प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ। रुपन्देहीको ओमसतीयास्थित चनौदी बगाहा प्रहरी चौकीका इन्चार्ज प्रेमबहादुर थापालाई स्थानीय व्यापारीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

प्रहरी चौकीका इन्चार्ज थापालाई रोहीणी गाउँपालिका १ स्थित एक होटलबाट व्यापारीसँग ३५ सय रुपयाँ घुस लिदै गर्दा पक्राउ गरिएको हो। पक्राउ परेका थापालाई घुस रकमसहित आवश्यक कार्बाहीका लागि टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा पठाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

प्रकाशित: ६ श्रावण २०७६ १३:१४ सोमबार

घुस असई अख्तियार बगाहा_प्रहरी_चौकी