समाज

सिंहदरबारमा वाणिज्य बैंक

काठमाडौं– सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबार शाखा कार्यालयको उद्घाटन गरे। संघीय सांसद, कर्मचारी सबैलाई बैंकिङ सेवा दिने उद्देश्यका साथ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एटिम सेवासहितको शाखा कार्यालय स्थापना गरेको हो।

महराले सांसदहरूले सरकारी बैंकनै स्थापना गर्न माग गरेपछि सरकारको पहलमा सो बैंक संसद सचिवालय परिसरमा स्थापना भएको स्मरण गराए।

प्रकाशित: ६ श्रावण २०७६ ११:०५ सोमबार

वाणिज्य_बैंक सिंहदरबार स्थापना