समाज

मन्दिरको छतले थिच्दा दुईको मृत्यु

पाँचथर- जिल्लाको हिलिहाङ गाँउपालीकामा निर्माणाधिन यलम्बर पार्कमा मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ।

मन्दिर बनाउने काममा खटिएका सोहि ठाँउका ५० बर्षिय जगत राई र ५१ बर्षिय रूद्र राईको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

सोमबार बिहान पिलर उठाएर ढलान गरीएको छतको सटिङ खोल्ने क्रममा छत झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए।
उनीहरूको शव निकाल्ने काम भईरहेको बताईएको छ। यहाँ हिलिहाङ गाउपालिकाले उपभोक्ता समिति मार्फत पार्क बनाउने काम गरीरहेको थियो।

प्रकाशित: ६ श्रावण २०७६ ०५:०० सोमबार

मन्दिर दुर्घटना मृत्यु