समाज

धादिङमा सवारी दुर्घटना, माइक्रो खोलामा खस्याे

धादिङ - पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा न १ खयरघारीमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको लु २ ख २१३४ नम्बरको बस र चितवनबाट काठमाडौ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माईक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरि काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । बससङ्ग ठोक्किएर माईक्रो महेशखोलामा खसेको छ । दुर्घटनाको बिस्तृत विवरण आउन बाकी छ ।

प्रकाशित: ६ श्रावण २०७६ ०४:१२ सोमबार

पृथ्वी_राजमार्ग दुर्घटना