समाज

दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु

दाङ– सिँचाई गर्नका लागि निर्माण गरिएको पोखरीमा डुबेर आइतबार बेलुका दाङका तीन युवतीको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ कटुवा खोला नजिकै निर्माण गरिएको पोखरीमा डुब्दा घोराही १८ अम्बापुर निवासी बसन्ता बिक, सालघारीका झरना बिक र अमृता बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सात फिट गहिरो उक्त पोखरीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ५ श्रावण २०७६ १५:५० आइतबार

दाङ पोखरी युवती मृत्यु