समाज

तालाबन्दीका कारण एमए र एमफिलको परीक्षा स्थगित

काठमाडौं- पोखरा विश्वविद्यालयमा भएको तालाबन्दीका कारण एमए र एमफिलको परीक्षा स्थगित भएको छ। विश्विद्यालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै अर्को सूचना प्रकाशन नभइन्जेल परीक्षा स्थगित भएको जनाएको छ।

पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन गरिने पूर्व प्रकाशित तालिका बमोजिम स्प्रिङ सेमेस्टर २०१९ को स्नातकोत्तर तहका एमफिल अंग्रेजी, एमए अंग्रेजी, एमए जनसंख्या, जेन्डर एण्ड डेभलपमेन्ट र डेभलपमेन्ट स्टडिज कार्यक्रमहरुको सेमेस्टर इन्ड परीक्षा स्थगित भएको हो।

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका थिए। असार तेस्रो हप्ता देखिक्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा तालाबन्दी छ। पब्लिक हेल्थको स्नातक तहको (बिपिएच) पहिलो सेमेष्टरका ३४६ विद्यार्थीमा १६० विद्यार्थीको परीक्षा गत वैशाखमा छुटेको थियो। 

स्नातक तह व्यवस्थापन सङ्कायमा भर्ना हुन न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्नेमा सो नगरिएकाले विधि मिचिएको भन्दै वैशाखमा गरिएको आन्दोलनमा  बिपिएचका विद्यार्थी छुटेका थिए। क्याम्पसले भर्ना गरेका ३४६ विद्यार्थीलाई  परीक्षामा सहभागी गराउन सर्वोच्चले आदेश दिएको थियो।

परीक्षा एम एमफिल स्थगित