समाज

विप्लव समूहका उपत्यका इन्चार्जसहित दुई जना पक्राउ

काठमाडौं - सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच वार्ताको हल्ला चलिरहेको बेला सो समूहका उपत्यका इन्चार्ज माइला लामा काठमाडौको काडाघारीबाट पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशखाको टोलीले लामासहित अर्को एक जनालाई पनि पक्राउ गरेको छ।

महाशाखाका प्रमुख सहकुल थापाका अनुसार पक्राउ परेका अर्का रेशम तामांग पनि सोही समूहका कार्यकर्ता हुन। केही हप्ता यता सो समूह र सरकारवीच वार्ताको प्रयास भैरहेको थियो। काठमाडौमा अहिले सो समूहका केन्द्रीय नेताहरु रहेको जानकारी प्रहरीले पाएपछि खोजी गरिरहेको थियो।

प्रकाशित: ५ श्रावण २०७६ ०१:५९ आइतबार

नेत्रविक्रम_चन्द विप्लव