समाज

१५ जना बन्दकर्ता इटहरीबाट पक्राउ

इटहरी– लोक सेवा आयोगको विज्ञापन खारेजीसँगै आरक्षित कोटा सुनिश्चित हुनुपर्ने माग राखेर शनिबार प्रदेश नं. १ आह्वान गरिएको बन्दका क्रममा इटहरीबाट १५ जना पक्राउ परेका छन्।

बन्द  गराउँदै हिडेकालाई आदिवासी जनजाति महासंघका प्रतिनिधीलाईं प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले जनजाति महासंघका सुनसरी जिल्ला अध्यक्ष रामकुमार राईंसहित १५ जनालाई पक्राउ गरेको हो। 

संघियता र समानुपातिक समावेशी सिद्दान्तको मर्म विपरीत लोक सेवा आयोगले विज्ञापन निकालेको र शनिबार हुने परीक्षा बिथोल्न महासंघले बन्दको आह्वान गरेको थियो।

नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं.  १ समितिले आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको हो। शनिबार नै आदिवासी जनजाति महासंघले लोकसेवाको विज्ञानका विरुद्दमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ। बाढी पीडितको अवस्था बुझन इटहरी आएका बेला सभापति देउवालाईं जनजाति महासंघले ज्ञापनपत्र बुझाएको हो। 

जनजाति महासंघले शुक्रबार दिउँसो इटहरीमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेका थिए।
 

प्रकाशित: ४ श्रावण २०७६ १०:४० शनिबार

लोकसेवा आरक्षण पक्राउ