समाज

कमिसनको साढे १४ लाख लिएर हिँडेका सिँचाइ प्रमुख र इन्जिनियर पक्राउ

दोलखा– १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर (प्रमुख) प्रकाश अधिकारी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र शाह र चालक सुमन खड्का पक्राउ गरेका छन्। प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार पाँच सय  र शाहबाट एक लाख २९ हजार एक सय पाँच रकम बरामद् भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनका अनुसार घुस रकमसहित शुक्रबार साँझ दोलखाबाट काठमाडौं जाँदै गर्दा भक्तपुर, जगातीबाट उनीहरुलाई पक्राउ गरिएको हो। उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनको भनाइ छ।

सो रकम ठेकेदार र उपभोक्ता समितिबाट कमिसनका रुपमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। शंकास्पद नगद फेला परेकाले उनीहरु र उनीहरूले प्रयाेग गरेकाे बा १ झ ५२८०  नम्बरकाे गाडी नियन्त्रणामा लिएर अनुसन्धान थालिएकाे आयोगकाे भनाइ छ ।

प्रकाशित: ४ श्रावण २०७६ ०९:३६ शनिबार

घुस सिँचाइ इन्जिनियर प्रमुख पक्राउ