समाज

नेपालबाट भारततर्फ गाईगोरु तस्करी गर्ने नाइके पक्राउ

रौतहट– नेपालबाट सीमावर्ती भारततर्फ अवैध तरिकाले गाईगोरु तस्करी गर्ने मुख्य नाइकेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

रौतहटको इशनाथ नगरपालिकाको बन्जरहा नाका हुँदै भारतीय बजारतर्फ अवैध रुपमा ठुलो परिमाणमा गत वैशाख २६ गते गाई गोरु लैजादै गरेको अवस्थामा प्रहरीले चालिसवटा गाईगोरु नियन्त्रणमा लिएको थियो। सोही बेलादेखि फरार रहेका फतुवा विजयपुर नगरपालिका ८ लक्ष्मिनीयाका ५२ बर्षिय लम्बु भन्ने शेख सफरुललाई शुक्रबार दिउँसो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

मकवानपुर, चितवन, बाराको टाँगिया बस्ती, निजगढको सिगौल हुदै रौतहटको गरुडा बजारमा तस्करीको गाई र गोरु खरिद गरी सजिलो तरिकाले सिमावर्ती भारततर्फ तस्करी गर्दै आएको तस्करमध्येका नाइकेको रुपमा परिचित लम्बु मियालाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालमा पठाएको रौतहट प्रहरीका प्रवक्ता तथा डिएसपी नविन कार्कीले बताएका छन्।

प्रकाशित: ३ श्रावण २०७६ १५:५१ शुक्रबार

तस्करी पक्राउ