समाज

खुकुरी प्रहारबाट एक गम्भीर घाइते

भोजपुर– भोजपुर र खोटाङको सिमाना मैयुङ क्षेत्रमा भेडिगोठका एक हेरालुलाई दुई युवाले खुकुरी प्रहार गरी घाइते बनाएका छन्। टेम्केमैयुङ गाउँपालिका–१ स्थित खर्कमा भेडा चराइरहेका षडानन्द नगरपालिका–९, किमालुङ निगालेका तेजिन्द्र बस्नेतलाई खुकुरी प्रहारी गरी घाइते भएका हुन्।

बस्नेतलाई खोटाङको केपिलासगढी गाउँपालिका–१ का सुमन राई र सींगराज राईले खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए।

खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई भोजपुरमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। खुकुरी प्रहार गर्ने दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७६ ११:४८ शुक्रबार

खुकुरी प्रहार गम्भीर_घाइते