समाज

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

बैतडी– मोटरसाइकल दुर्घटनामा परी एक वडाध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका १ का अध्यक्ष करिब ४५ वर्षीय कलशबहादुर चन्द रहेका छन्।

सतबाझबाट खोचलेक जाने क्रममा बिहीबार अपराह्न ४ बजेतिर सुर्नया गाउँपालिका २ सिन्केलेकमा अध्यक्ष चढेको से१प १११४ नम्बरको मोटर साइकलल र अर्को दिशाबाट आउँदै गरेको म२प ६६३३ नंं को चन्द्रसिंह ऐरको मोटरसाकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो। 

अध्यक्ष चन्दलाई उपचारको लागि प्राथमिक स्वस्थ्य केन्द्र पाटनमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोकटीले बताए। मोटरसाइकल चालक चन्द्रसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २ श्रावण २०७६ १४:०० बिहीबार

दुर्घटना मोटरसाइकल वडाध्यक्ष सुर्नया_गाउँपालिका मृत्यु