समाज

नेपाली इन्जिनियरलाई जापानमा रोजगारी

भक्तपु – नेपाली इन्जिनियरहरूले जापानमा रोजगारी पाउने भएका छन्। जापानस्थित ह्युमन रिसोर्सिया कम्पनी लिमिटेडमार्फत नेपाली आइटी इन्जिनियरलाई रोजगारीको व्यवस्था गर्न लागिएको हो। कम्पनीका व्यवस्थापक हाजिमी असहराको नेतृत्वमा बुधबार नेपाल आएको ६ सदस्यीय (दुई नेपालीसहित) टोलीले इन्जिनियरहरूसँंग अन्तर्वार्ता लिएको छ। भक्तपुरको चाँंगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ उत्तीर्ण र अन्तिम सेमेस्टरमा अध्ययनरत २८ विद्यार्थी अन्तर्वार्तामा सहभागी भए।

आगामी जनवरीबाट मात्रै जापान लाने सुरु हुने बताइएको छ। नेपाल इन्जिनियरिङ कलेजका कार्यवाहक प्राचार्य दीपक धामीले अन्तर्वार्ताबाट उत्तीर्ण विद्यार्थीले मात्र रोजगारीमा जान पाउने बताए। जनवरीसम्ममा इलेक्टोनिकस एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण हुने विद्यार्थीसँंग अन्तर्वार्ता भएको उनले जनाए। अन्तर्वार्ताअघि उनीहरूको लिखित परीक्षा लिइएको थियो। छनोटमा परेका इन्जिनियरहरूलाई सुरुमा जापानी भाषा सिकाइनेछ। दैनिक कामकाजका लागि आवश्यक पर्ने भएकाले भाषा तालिम दिन लागिएको टोलीको भनाइ छ।

जापान पुग्ने यइन्जिनियरहरूले काम बिहान ९ देखि साँंझ ६ बजेसम्म दैनिक आठ घण्टा गर्नुपर्ने जनाइएको छ। बीचमा एक घन्टा ‘टिफिन टाइम’ हुनेछ। सन् १९८८ मा स्थापित सो कम्पनीमा संसारभरि विभिन्न देशमा शाखाहरू छन्। रोजगार चाहिनेहरूलाई रोजगारदाता मिलाइदिने यो संसारकै ठूलो कम्पनीमा गनिने जनाइएको छ। कम्पनीले छिमेकी मुलुक भारतलगायतका विभिन्न देशहरुबाट विभिन्न कम्पनीहरुलाई रोजगारदाता मिलाइदिने गर्दै आएको जनाइएको छ।

प्रकाशित: २ श्रावण २०७६ ०२:१९ बिहीबार

नेपाली_इन्जिनियर जापान रोजगारी