समाज

रसुवालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’

रसुवा – रसुवालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने ११ थरीका खोप पाएका कारण पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।

जिल्लाका पाँचओटा गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेपछि गोसाइँकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रुमा एक कार्यक्रमबीच पूरै जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख शिवप्रसाद बडालले बताए।
 

प्रकाशित: २ श्रावण २०७६ ०२:०९ बिहीबार

पूर्ण स्वास्थ्य