समाज

जापानी सहयोगमा विद्यालय भवन

रामेछाप – गोकुलगंगा गाउँपालिका–४ बेतालीका दुईवटा विद्यालयमा एक जापानी संस्थाको सहयोगमा सुविधा सम्पन्न भवन बनाइएको छ। २०७२ सालको भूकम्पमा भवन भत्किएपछि ती विद्यालयमा टहरामा पढाइ हुँदै आएको थियो।

जापनिज संस्था फाउन्डेसन फर इन्टरनेसनल डेभलपमेन्ट रिलिफ (एफआइडीआर) को आर्थिक सहयोगमा बेतालीका सिद्ध ज्योति हरि मिश्रा आधारभूत विद्यालय र शिव आधारभूत विद्यालयमा १२ कोठे एक÷एकवटा भवन निर्माण सम्पन्न गरी मंगलबार हस्तान्तरण गरिएको छ।

भवनको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले उद्धघाटन गरी विद्यालयलाई हस्तान्तरण गरेका हुन्। करिब तीन करोड ६१ लाख रुपैयाँ लागत ती विद्यालय भवन निर्माण गरिएको परियोजनाका व्यवस्थापक गुनवीर नेवारले जानकारी दिए।
 

प्रकाशित: २ श्रावण २०७६ ०२:०७ बिहीबार

गोकुलगंगा_गाउँपालिका जापानी_सहयोग विद्यालय_भवन