समाज

बाढीले बगाउँदा महोत्तरीमा थप एक बालककाे मृत्यु

महोत्तरी– विग्ही नदीमा आएको बाढीले वगाउँदा महोत्तरीमा थप एक बालक मृत्यु भएको छ। मटिहानी नगरपालिका ९ वहुअर्वा घर भएका श्याम यादवको ७ वर्षिय छोरा पंकज यादव सोमबारदेखि बाढी बगाउँदा वेपता भएका थिए। बेपत्ता बालकको बुधबार विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र मटिहानी नगरपालिकाको युवाहरुले खोजी शुरु गरेपछि बाढीले बगाएको केही पर जलकुम्भीमा फसेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो। 

सोमबार गाउँभन्दा डेढ किलो मिटर पुर्व विग्ही नदिको किनारमा हजुरबुवासंग खेत गएका बालक पंकज सोही दिनदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी माधव प्रसाद बुढाथोकीले बताए। 

बालक वेपता भएको खवर पाए लगतै त्यस क्षेत्रमा खोजि कार्य शुरु गरिएपछि ४ घण्टाको अथक प्रयास पश्चात शव फेला परेको डिएसपी बुढाथोकीले बताए। सोमबार नै वालक बेपत्ता भए पनि जानकारी आउन ढिलाइ भएकोले तत्कालै खोजि कार्य हुन सकेको थिएन। 

यसअघि निरन्तरको वर्षा पश्चात आएको बाढीले महोत्तरीमा ५ बालक र एक वृद्धसहित ६ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित: १ श्रावण २०७६ १६:०८ बुधबार

बाढी महोत्तरी बालक मृत्यु