समाज

कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ– कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई धादिङ प्रहरीले १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ। २०५९ साल असार ८ गते जिल्लाको गजुरी गाउँपालिकास्थित आगिन्चोकमा विवाहमा गएका गोरखाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारलाई कुटपिट गर्दा मृत्यु भएको थियो। 

घटनापछि फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ बस्ने २४ वर्षीय मदन परियार पक्राउ परेका छन्। सोमबार काठमाडौं महानगरपालिका वडा नं १७ ढल्कुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले बताए। ‘प्रहरीको सक्रियतामा घटना भएको १७ वर्षपछि पक्राउ गर्न सफल भयौं’, उनले भने, ‘पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा पेश गरिएको छ।’ 

त्यस्तै ११ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ बस्ने २७ वर्षीय प्रकाश तिमल्सिनाले बालिकालाई असार २६ गते जबरजस्तीकरण गरेको प्रहरीले जानकारी दिए। पक्राउ परेका तिमल्सिनालाई जबरजस्तीकरणी मुद्दा दर्ता गराइएको एसपी बैदवारले बताए। 

त्यस्तै रिचार्ज कार्ड लगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गरिएको छ। गत असार १८ गते रातीको समयमा जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेस्थित दिपेन्द्र सिलवालको पसलमा नगर दसई हजार, सतचालिस हजार बराबरको विभिन्न सामग्री, रिचार्ज कार्ड गरी अन्ठाउन्न हजार बराबरको धनमाल चोरी गरेकालाई पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ज्वालामुखी गाउँपालिका वडा नं १ रातमाटे बस्ने २० वर्षीय कमल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

प्रकाशित: ३१ असार २०७६ १४:३१ मंगलबार

कर्तव्य_ज्यान_मुद्दा फरार_अभियुक्त पक्राउ लिलामान_परियार