समाज

कुलाेमा बालक बेपत्ता

टीकापुर– कैलालीको लम्की चुहा नगरपालिका–३ स्थित कुलरीया कुलाेमा डुबेर आज चार वर्षे बालक बेपत्ता भएका छन्।

माछा मार्न गएकी आफ्नी आमासँग जानकी गाउँपालिका–९ कटासे नजिकैको कुलरिया कुलामा डुबेर दिवान चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। प्रहरी निरीक्षक दीपेन्द्र केसीका अनुसार माछा मार्न आमासँगै गएका बालक चिप्लिएर कुलामा खसेका थिए। प्रहरी र स्थानीयले बालकको खोजी कार्य जारी राखेका छन्।

प्रकाशित: ३० असार २०७६ ११:२६ सोमबार

बालक बेपत्ता कुलाे