समाज

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ।

हरिवन नगरपालिका–६, घुर्कौली निवासी लक्ष्मी स्याङ्गतानका १२ वर्षीय छोरा युनिक स्याङ्गतानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। आइतबार साँझ ज. १२ प ६०८२ नम्बरको मोटरसाइकलले युनिकलाई ठक्कर दिएको थियो। गम्भीर घाइते स्याङ्गतानको वीरगंज हेल्थकेयरमा उपचार गर्दा गर्दै राती मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने मोटरसाइकल चालक धनुषा जिल्ला मिथिला नगरपालिका–८ निवासी २३ वर्षीय धनराज लामा समेत घाइते भएकाले प्रहरी निगरानीमा वीरगंज हेल्थकेयरमै उपचार भइरहेको छ।

प्रकाशित: ३० असार २०७६ ०७:०३ सोमबार

मोटरसाइकल ठक्कर मृत्यु