समाज

घाइतेको उपचार निःशुल्क

काठमाडौं – सरकारले बाढीपहिरो र डुबानका कारण घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ।

मन्त्रीपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले पीडितलाई तत्काल राहत उपलब्ध गराउने, राहत कोषमा रकम कम भए तत्कालै थपिदिने तथा घाइतेको निःशुल्क उपचारका लागि बाढीपीडित क्षेत्रमा चिकित्सकको टोली पठाउने निर्णय गरेको हो।

बैठकले पीडितलाई राहत वितरणमा कुनै कसर नराख्ने निर्णय गर्दै प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। बाढीपहिरोका कारण भत्केका पुलहरु बनाउने, क्षतिको विवरण संकलन गर्ने र पीडितको पुनस्र्थापनामा केन्द्रित हुने निर्णय पनि गरेको छ।

प्रकाशित: ३० असार २०७६ ०२:१८ सोमबार

बाढीपहिरो डुबान