समाज

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

रुकुम– आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम)का एक व्यक्तिलाई जन्मकैदको फैसला भएको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई सर्वस्वसहित जन्मकैदको फैसला भएको हो। उनीलाई आफ्नै १७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा गत चैत ४ गते राती पक्राउ गरिएको थियो।

आइतबार जिल्ला न्यायधिस आत्मदेव जोशीको इजलासले छोरीलाई बलात्कार गरेको ठहर गर्दै जन्मकैदनको फैसला गरेको अदालतका श्रेस्तेदार शिवहरी सुवेदीले जानकारी दिए। पक्राउ परेका बहादुर (नाम परिवर्तन)ले आफ्नै छोरीलाई लगतार दुई वर्षदेखी बलात्कार गर्दै आएको उनले अदालतमो स्वीकार गरेको बताइएको छ। पीडितकी आमाले प्रहरी चौकी पुर्तिमकाडामा निवेदन दिएकी थिइन्।

अदालतले फैसला गरेपछि छोरी बलात्कार गर्ने व्यक्तिलाई आइतबार नै जेल चलान गरिएको छ। अहिले उनलाई जिल्ला कारागार रुकुममा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

प्रकाशित: २९ असार २०७६ १४:०६ आइतबार

बलात्कार बाबु पक्राउ