समाज

बाढी पहिरोका घटनाप्रति पूर्वराजाको दु:ख व्यक्त

काठमाठौं-  बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन् 'यो बर्षको मौसमी बर्षासंगै राजधानी लगायत देशका बिभिन्न भूभागमा आएको बाढी पैह्रोको प्रकोपले धेरै जन धनको क्षति भएकोमा मलाई दु:खी तुल्याएको छ।'

प्राकृतिक प्रकोप र मानवीय संवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकिर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्न समेत उनले आग्रह गरेका छन्।

'प्राकृतिक विपदको यो घडीमा म शोक सन्तप्त पीडित सबै प्रति हार्दिक समवेदना र सहानुभूति राख्दै बिपद ब्यबस्थापनको प्रभावकारी कदम चालिनु पर्ने आवश्यक्ता देख्दछु', उनले भनेका छन्। 

प्रकाशित: २९ असार २०७६ ०८:१४ आइतबार

पूर्वराजा दु:ख प्राकृति_प्रकोप