समाज

बाढीले बगाएर एक बेपत्ता

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका ६ भोक्राहाका एकजना कमलानदीको बाढीमा बगेर बेपत्ता भएका छन्। कमला नदीको बीच भागमा रहेको नाउ किनारा लगाउन गएका कामेश्वर यादवलाई बाढीले बगाएर बेपता बनाएको हो।

शनिबार दिउँसोबाटै उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचान भए पनि रातीसम्म उनी फेला नपरेको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले बताए। नेपाली रेडक्रस सोसाइटी सिरहा र नेपाली सेनाको दुइटा रबर बोटबाट डुबान पीडितको उद्धार र बेपताको खोजी गर्न कठिनाइ भैरहेको उनले बताए।

शनिबार रातीसम्मको तथ्यांक अनुसार उद्धार टोलीले २१ सय ९२ जना डुबान पीडितलाई उद्धार गरि सुरक्षित स्थानमा राखेको छ। सबैभन्दा प्रभावित सारश्र, बेल्हा रहेको प्रहरीले जनाएको छ। सिरहाको माड्र, औरही गाउँपालिकाको कमलपुर, कल्याणपुर नगरपालिका पनि डुबानमा छ। यस ठाउँका डुबान पीडितहरुलाई पनि उद्धार गरि सुरक्षित स्थानमा पुर्याइसकिएको चतुर्वेदीले बताए।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार डुबान क्षेत्रमै थुनिएका प्राविधिकसहितको टोलीलाई नेपाली सेनाबाट केहीबेर अघि सकुशल उद्धार गरिएको छ।

प्रकाशित: २८ असार २०७६ १५:०४ शनिबार

सिरहा कमलानदी बाढी बेपत्ता