समाज

पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु

बनेपा– पहिरोले घर भत्काउँदा शुक्रबार बनेपा नगरपालिका–३, चुनातालमा दुईजनाको मृत्यु भएको छ। पहिरोले घर पुरिँदा रामप्रसाद दंगालकी श्रीमती अन्दाजी ६० वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सुहाबी दंगालको घटनास्थलमै मृत्यु भएको हो।

ढुंगामाटोले बनेको कच्ची घर माथिबाट पहिरो आई भत्काएको थियो। घरभित्र रहेका चारैजना पुरिएका थिए। रामप्रसादकी बुहारी ३० वर्षीया सुशिला दंगाल, नातिनी तीन महिनाकी अनुष्का दंगाल गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि मेमोरियल अस्पतालमा पठाइएको बनेपा प्रहरीले जनाएको छ।

प्रकाशित: २७ असार २०७६ ०९:०२ शुक्रबार

मृत्यु पहिरो