समाज

चार लाख घुससहित वन अधिकृत पक्राउ

सुर्खेत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले डिभिजन वन कार्यालय वीरेन्द्रनगरका जिल्ला बन अधिकृत भक्तबहादुर लामालाई चार लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

क्षेत्रीय कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाका अनुसार सेवाग्राहीहरुसँग घुस लिइरहेको बेला शुक्रबार दिउँसो कार्यकक्षबाटै पक्राउ गरिएको बताए ।  

 

प्रकाशित: २७ असार २०७६ ०८:४९ शुक्रबार

पक्राउ घुस