समाज

२४ घण्टासम्म भारी वर्षा हुने

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले २४ घण्टासम्म देशको पूर्व र मध्य क्षेत्रमा भारी बर्षा हुने बताएको छ। पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा भारि वर्षा हुने भएकोले पूर्व र मध्य क्षेत्रका पहाडि भू-भागमा पहिरो जान सक्ने र पूर्व र मध्य तराई क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले सो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत भनेको छ। मौसमका कारण देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउने सक्ने पूर्वानुमान महाशाखाको छ।

आज दिनभर भारी वर्षा रहे पनि केही स्थानमा स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

 

 

प्रकाशित: २७ असार २०७६ ०८:०७ शुक्रबार

वर्षा मौसम पुर्वानुमान