समाज

सूर्योदय भानु सम्मान मदनकृष्णलाई

काठमाडौं – सूर्योदय भानु प्रतिष्ठानले यस वर्षको सूर्योदय भानु स्रष्टा सम्मान कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष लक्ष्यबहादुर केसीद्वारा जारी विज्ञप्तीमा नेपाली भाषा र साहित्यको सम्बद्र्धन र विकासका लागि साहित्यिक योगदानको कदरस्वरुप आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव भव्यताका साथ मनाउँदै आएको जनाएको छ।

२०५२ सालमा सूर्योदय भानु प्रतिष्ठानको स्थापना गरी सूर्योदय भनु स्रष्टा सम्मान प्रदान गर्ने क्रममा संस्थाले हालसम्म नेपाली भाषा र सहित्यका मूर्धन्य प्रतिभा कृष्णप्रसाद पराजुली, भवानी घिमिरे, रमेश विकल, ज्ञानुवाकर पौडेल, दैवज्ञराज न्यौपाने, शान्तदास मानन्धर, गणेश रसिकलाई सो सम्मान प्रदान गरिसकेको छ। यसैगरी डा. चुडामणि बन्धु, मदनमणि दीक्षित, दुर्गालाल श्रेष्ठ, तोया गुरुङ, प्रो. भानुभक्त पोखरेल, श्यामदास वैश्णव, गीता केशरी र माया ठकुरीलगायत विभिन्न व्यक्तित्वलाई हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको सम्मानमा ‘सूर्योदय भानु स्रष्टा सम्मान’बाट सम्मानित गर्दै आएको छ।

प्रकाशित: २७ असार २०७६ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App