समाज

किसानलाई कृषि सामग्री

किसानलाई कृषि उपकरण हस्तान्तरण गरिँदै । तस्बिरः नागरिक

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषक समूहलाई कृषि उपकरण प्रदान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (मकै जोन)को ५० प्रतिशत, नगरपालिकाको ४० प्रतिशत र किसानको १० प्रतिशत लगानीमा नगरपालिकाभित्रका ३० समूहलाई कृषि उपकरण प्रदान गरिएको हो ।

कृषक, कृषक समूह एवम् कृषि सहकारीलाई मागका आधारमा ५० हजार पर्ने कम्बाइल मिल १२ वटा, १४ हजार पर्ने कर्नसेलर सिंगल ट्युव ३० वटा, १६ हजार पर्ने तौलने मेसिन ३० वटा, ८० हजार पर्ने मिनी टिलर (६ पिएचको) पाँचवटा र ७० हजार मूल्य पर्ने मिनी टिलर (५.५ पिएचको) पाँचवटा वितरण गरिएको हो ।

व्यवसायिकरूपमा कृषि पेसा अपनाइरहेका कृषक समूह, कृषि सहकारी र कृषकहरूलाई विभिन्न प्रकारका कृषि यन्त्र प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (मकै जोन) कार्यालयका निमित्त कार्यालय प्रमुख ध्रुवकुमार कार्कीले बताए । कृषि ज्ञान केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा मेयर दीपनारायण रिजालले कृषक समूहलाई कृषि यन्त्र हस्तान्तरण गरेका हुन् ।

यस्तै कृषि ज्ञान केन्द्रले पनि जिल्लाका कृषक समूह, कृषि सहकारी, निजी कृषि फर्म÷उद्यमीलाई कृषि उपकरण प्रदान गरेको छ । जिल्लाका ६६ कृषक समूह, कृषि सहकारी, निजी कृषि फर्म÷उद्यमीलाई कृषि यन्त्र प्रदान गरिएको केन्द्रका निमित्त कार्यालय प्रमुख हरिनारायण राईले बताए ।

प्रकाशित: २६ असार २०७६ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App