समाज

सडेको माछा नियन्त्रणमा लिई नष्ट

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा बिक्री गर्न राखिएको सडेको माछा नियन्त्रणमा लिई नष्ट गरिएको छ।

कुहिएको माछा बिक्री भइरहेको सूचनाका आधारमा नगरपालिकाबाट कृषि तथा पशु विकास शाखाका प्रमुख गणेश आचार्य र अधिकृत सीताराम खतिवडाको रोहबरमा सडेको माछा डिस्पोज गरिएको मेयर दीपनारायण रिजालले बताए।

बैंकचोक टोल पूर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन समितिले नगरपालिकालाई खबर गरेपछि वाणिज्य संघ, नगरपालिकाको कृषि तथा पशु विकास शाखालगायतको रोहवरमा अन्दाजी १५ केजीभन्दा बढी सडेको माछा खाल्डोमा पुरेको हो।
 

प्रकाशित: २६ असार २०७६ ०४:४१ बिहीबार

मझुवागढी_नगरपालिका माछा