समाज

समितिको रकम लिएर फरार सदस्य नियन्त्रणमा

धादिङ - जिल्लाको खनियाबासमा सडक निर्माण उपभोक्ता समितिको १२ लाख ८० हजार रुपैयाँ लिएर समितिकै एक सदस्य फरार भएका छन्। खनियाबास गाउँपालिका–२ झार्लाङको अक्थली–फ्याजा गाउँ सडक निर्माण उपभोक्ता समितिको पैसा बैंकबाट निकाल्नेबित्तिकै लुटेर रामबहादुर तामाङ फरार भएका हुन्। बुधबार दिउँसो धादिङबेंसीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट पैसा झिकेपछि तामाङले लुटेको प्रहरीले जानकारी दिएको छ।

१७ लाख ८० हजार रुपैयाँको चेक साटिए पनि ५ लाख रुपैयाँ धरौटी रकम राखिदिनेको खातामै फिर्ता गरिएकाले झिकिएको १२ लाख ८० हजार रुपैयाँ लुटेर रामबहादुर तामाङ सम्पर्कविहीन भएका थिए।

१७ लाख ८० हजार रुपैयाँको चेक साटिए पनि ५ लाख रुपैयाँ धरौटी रकम राखिदिनेको खातामै फिर्ता गरिएकाले झिकिएको १२ लाख ८० हजार रुपैयाँ लुटेर उनी सम्पर्कविहीन भएका थिए। सो घटना भएलगत्तै उपभोक्ता समितिका अध्यक्ष कान्छा तामाङलगायतले प्रहरीमा उजुरी गरेका बताइएको छ। ‘रामबहादुरसँग झोला थियो, बैंकबाट निकालेर पैसा निकालेर उनलाई नै राख्न दिएका थियौं,’ उनले भने, ‘एकैछिनमा हामीलाई छक्काएर ऊ फरार भयो।’ उजुरीका आधारमा मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा तामाङलाई काठमाडौं नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले बताए। रामबहादुरका साथमा नगद रहे÷नरहेकोबारे भने केही खुलाइएको छैन।

खनियाबासस्थित साबिकको दार्खा गाविसको कुरीबाट झार्लाङ गाविसको अक्थली जोड्न गाउँपालिकाले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो। काम हुँदै गर्दा रनिङ बिलका आधारमा पैसा निकाल्दै काम गरिरहे पनि काम सम्पन्न भएपछि उनी बाँकी रकम निकाल्ने बेला पैसा लुटेर फरार भएका हुन्। झार्लाङकै स्थानीयका अनुसार रामबहादुरले विगतमा पनि विभिन्न योजनाको काम गर्दा पैसा हत्याउने र उपभोक्ता समितिहरूलाई धम्याएर पैसा असुल्ने गरेका थिए। जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी गर्न पुगेका उपभोक्ता समितिका पदाधिकारीलगायत।

प्रकाशित: २६ असार २०७६ ०३:०२ बिहीबार

उपभोक्ता_समिति रकम राष्ट्रिय_वाणिज्य_बैंक