समाज

ग्रिल काटेर हिरासतबाट फरार दुई अभियुक्त समातिए

काठमाडाैं- महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटेर फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ। महाशाखाबाट खटिएको टोलीले चोरी र डाँका मुद्दामा पक्राउ परी महानगरीय प्रहरी प्रभाग बुङमती भैँसेपाटीमा असार २३ गते ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई आज साँझ पक्राउ गरेको हो।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ। रासस

प्रकाशित: २५ असार २०७६ १५:५६ बुधबार

फरार_अभियुक्त पक्राउ