समाज

‘हाम्रो कमजोर विषादी प्रयोगशालाको भारतले फाइदा उठायो’ (भिडियो)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल केमिकल सोसाइटीका अध्यक्ष निरञ्जन पराजुलीले विषादी परिक्षणबारे भारतले फाइदा उठाएको बताएका छन्। बुधबार साँझ नागरिक फ्रन्टलाइनको लाइभ सो मा प्रधान सम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै यस्तो बताएका हुन्।

सरकारले केहि दिनअघि भारतबाट आउने तरकारी र फलफूलमा विषादी परिक्षण गर्ने निर्णय स्थगित गरेपछि त्यसको चौतर्फि बिरोध हुँदै आएको छ । ‘नेपालमा विषादी परिक्षण गर्ने राम्रो प्रयोगशाला छैन्’ उनले भने ‘हामी कमजोर भएर भारतले फाइदा उठायो।

‘भारतले फाइटोसेनेटरी सटिफिकेट जारी गरिसकेको छ भनेको छ। तर नेपाल सरकारले त्यो चित्त बुझेन भन्न सक्नु पर्यो। विषादीको अवशेष कति छ मापन गरेर पठाइदिनु भन्नु पर्यो। मापन नगरेको तरकारी र फलफूल लिन्न भन्न सक्छ नेपालले पाउँछ। नेपालले आफ्नो प्रयोगशालामा पुन परिक्षण गर्न सक्छ।’

भारतले नेपालमा पठाउने तरकारीको सर्टिफिकेट गरिसकेका छौं। तर नेपालले किन अब्जेसक्न गरेर बखेडा निकाल्यौ भनेर भ्यो र सरकार ब्याक भएको हुन सक्ने उनले बताए। भारतले विषादी परिक्षण गर भन्नु गलत कुरो हो’ उनले भने ‘किन भने नेपाल आउने जे कुरा पनि परिक्षण गर्न पाउँछ र पाउनुपर्छ।’

भारतमा एपिडाले उक्त सटिफिकेट दिने भएकाले एपिडाको नियममा युरोप जाने र अन्य देशमा जाने खाद्यानमा फरक रहेको उनले बताए।

कालीमाटीमा प्रयोगशाला पाँच वर्ष अघि खुलेको उनले बताए। ‘कालीमाटीको प्रयोगशाला सम्पन्न छैन्, सानो घेरामा छ’ उनले भने ‘अर्गानोकार्बन र अर्गानोफस्फोड गरी दुइ समूहका विषादी मात्र परिक्षण गरिन्छ।

उनका अनुसार नेपालमा अहिलेसम्म १ सय ३९ विषादी दर्ता भएका छन्। तर भारतमा २ सय २४ वटा विषादी दर्ता छन्।

प्रकाशित: २५ असार २०७६ १५:०३ बुधबार

विषादी भारत नेपाल