समाज

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, प्रहरीसहित दुई जनाको मृत्यु

भोजपुर - भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच साेमबार गोली हानाहान भएको छ। विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ भने जवाफी कारबाहीमा एक जना विप्लवका कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले पुष्टि गरे।  त्यस्तै प्रहरीको जवाफी कारबाहीमा विप्लव नेकपाका नेता निर कुमार राइकाे मृत्यु भएकाे हाे।

त्यस्तै घटना स्थलबाट प्रहरीले लाेडेड चाइनिज पेस्ताेल र त्यसमा लाग्ने ६ रउन्ड गाेली बरामद गरेकाे भाेजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।

प्रकाशित: २५ असार २०७६ ०४:१५ बुधबार

गोली_हानाहान मृत्यु