समाज

चिर्पट प्रहार आफ्नै ठूलो बुवा र ससुराको हत्या

अछाम – मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ। स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन्।

उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए। मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो। आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छन्।

अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ। पिरमकुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ।रासस

प्रकाशित: २५ असार २०७६ ०२:२३ बुधबार

हत्या मङ्गलसेन_नगरपालिका