समाज

ओखलढुंगामा बस दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

सोलुखुम्बु - काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यू भएको छ। बिहान करिब ४ बजे मे १ ख १८९१ नम्बरको बस दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।

मृत्यू हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी रहेका छन्। घाइते ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाइएको ओखलढुंगाका प्रहरी जवान गोकर्ण खड्काले जानकारी दिए।

घाइते अन्यलाई पनि काठमाण्डौ पठाउने तयारी गरिएको छ। बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्।

प्रकाशित: २५ असार २०७६ ०२:१३ बुधबार

दुर्घटना मृत्यू