समाज

हाँसलाई जिस्काएर भागेका युवक बेपत्ता

दाङ– एक युवा छ दिनदेखि बेपत्ता छन्। तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेका १६ वर्षीय राजेन्द्र चौधरी यही असार १८ गतेदेखि हराएकामा अझैसम्म सम्पर्कमा नआएको स्थानीयवासी चन्द्र पुनले बताए।

असार १८ गते साँझ चमाइ खोलाको वनकट्टी बाँधमा खेल्न गएका बेला त्यहाँ पालिएका हाँसलाई उनले जिस्क्याएका थिए। हाँस धनीले हप्काएपछि त्यसपछि त्यहाँबाट भागेका उनको कुनै पत्तो नलागेको उनको भनाइ थियो। रासस

प्रकाशित: २३ असार २०७६ ०८:०० सोमबार

दाङ युवा_बेपत्ता