समाज

वडा कार्यालयमा राखिएका बम निस्क्रिय, ताला तोडिए

डडेल्धुरा– जोगबुढाका दुई वटा वडा कार्यालयमा राखिएका बम निस्क्रिय पारिएको छ। परशुराम नगरपालिका ९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा आइतबार बिहान फेला परेका आइडी बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो।

नेपाली सेना २५ बाहिनी भगतपुर, कञ्चनपुरको बम डिस्पोजल टोलीले दिउँसो कार्यालयमा राखिएका आइडी बम  निस्क्रिय पारेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए।

बिहान अज्ञात समूहले परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि बम राखेको थियो।

भित्री मधेस क्षेत्रका स्तानीय तह र वडा कार्यालयमा लगाइएका ताला तोडिएका छन्। आलिताल गाउँपालिका लगायत गाउँपालिकाका ७ वटा वडा कार्यालयहरु र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयमा लगाइएका ताला प्रहरीले तोडेका हुन्। 

आइतबार बिहान आलिताल गाउँपालिकाको कार्यालय संगै ७ वटा वडा कार्यालयहरु र परशुराम नगरपालिकाका चार वटा वडा कार्यालयहरुमा तालाबन्दी गरेको भेटिएको थियो।

प्रकाशित: २२ असार २०७६ १५:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App