समाज

चार वडा कार्यालयमा तालाबन्दी, तालामाथि नै शंकास्पद बस्तु

डडेल्धुरा - चार वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ। त्यसमध्ये दुई वडा कार्यालयमा शंकास्पद बस्तुसमेत फेला भेटिएका छ। जोगबुढाको परशुराम नगरपालिका वडा नं. ९ गाईबाधे र वडा नं १० कुर्मुल्ले स्थित वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि शंकास्पद बस्तु झुन्डाइएको छ।

तालाबन्दी सँगै प्लाष्टिकमा बेरेर बम जस्तै देखिने शंकास्पद बस्तु राखेको अवस्थामा भेटिएको परशुराम नगरपालिका–९ का वडा अध्यक्ष रमेश बोहराले बताए । परशुराम नगरपालिकाको वडा ७ र ८  मा पनि तालाबन्दी गरिएको छ । वडा अध्यक्ष बोहराले भने– ‘वडा कार्यालयमा ठूलो ताला लगाएर तालामाथि बम जस्तो देखिने वस्तु राखिएको छ । अहिले प्रहरी घटनास्थल पुगेको छ ।

शंकास्पद बस्तु भेटिए पछि प्रहरी टोली परिचालित गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अघोषित बन्द छ । शंकास्पद बस्तु त्यही समूहले राखेको हुन सक्ने अनुमान गरिएको छ । तर अहिले सम्म कसले तालाबन्दी गरी शंकास्पद वस्तु राखेको भन्ने खुलेको छैन । प्रहरी अनुसन्धानमा जुटेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रकाशित: २२ असार २०७६ ०५:३४ आइतबार

वडा_कार्यालय तालाबन्दी