समाज

भक्तपुर केन्द्र बनाएर उपत्यकामा भूकम्पको धक्का

काठमाडौं– काठमाडौं उपत्यकामा शनिबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरलाई केन्द्रबिन्दु बनाएर अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस गरिएको हो। भूकम्पको धक्का ४.६ रेक्टर स्केल रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

काठमाडौंमा वर्षा भइरहेका बेला भूकम्पको धक्का गएको हो। धक्काले उपत्यकाका विभिन्न ठाउँमा सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए।

प्रकाशित: २१ असार २०७६ १५:१९ शनिबार

भूकम्प काठमाडौं_उपत्यका